Media Network

बैतडीमा कुकुरले टोकेर शिक्षकको मृत्यु


खबरस्टोरी संवाददाता

२४ असार २०७९,शुक्रबार

 धनगढी । बैतडीमा बौलाहा कुकुरले टोकेर  एक जना शिक्षकको ज्यान गएको छ ।

मृत्यु हुनेमा जिल्लाको सिगास गाउँपालिका-७ न्वाघरस्थित बालकृष्ण माध्यमिक विद्यालयका शिक्षक नरबहादुर साउँद रहेका छन् ।

एक महिनाअघि बौलाहा कुकुरले टोकेको करिब एक महिनापछि केहि लक्षण देखिएका उनको उपचार सम्भव नभएपछि मृत्यु भएको आफन्तले जनाएका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद