Media Network

बैतडीमा माओवादीका उम्मेदवार साउद माथि खुकुरी प्रहार


खबरस्टोरी संवाददाता

२० बैशाख २०७९,मंगलवार

धनगढी। बैतडीको डिलासैनी गाउँपालीकाको वडा नं. ५ को वडा सदस्यमा उठेका एक उम्मेदावर माथि खुकुरी प्रहार भएको छ । 

माओवादी केन्द्र बाट वडा सदस्यमा उठेका हरिराम साउदमाथि सोमबार राति खुकुरी प्रहार भएको हो । खुकुरी प्रहार पश्चात् घाइते भएको साउदका टाउकोमा गहिरो चोट लागेको छ । उनलाई स्थानिय स्वास्थ संस्थामा सामान्य उपचार पश्चात् धनगढी रिफर गरिएको छ । 

उनीमाथि नेकपा एमालेका स्थानिय कार्यकर्ताले खुकुरी प्रहार गरेको आरोप छ । यता प्रहरीले घटनामा संलग्नको खोजी कार्य भैरहेको जनाएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद