Media Network

बतास समुहद्धारा सञ्चालित धर्मशालामा कोषले लगायो ताला


खबरस्टोरी संवाददाता

२५ चैत्र २०७८,शुक्रबार

काठमाडौँ । बतास समुहद्धारा सञ्चालित नेपाल–भारतमैत्री धर्मशालामा पशुपति क्षेत्र विकास कोषले ताला लगाएको छ । 

होटल खाली गर्न सूचना लिएर गएको कोषको टोलीलाई बतास समूहको होटल आनन्दका कर्मचारीले भित्र प्रवेश गर्न रोक लगाएको थियो । यसपछि कोषले गेटमै ताल्चा लगाएको हो ।सरकारी टोली धर्मशालामा प्रवेश गर्न खोज्दा बतास समूहका प्रतिनिधिले गेट भित्रैबाट ताला लगाएका थिए । 

सम्झौतामा उल्लेख गरेअनुसार काम नभएको भन्दै कोषले १७ चैतमा बतास समूहले धर्मशाला सञ्चालन गरेको होटल आनन्द प्रालिसँग सम्झौता भंग गर्ने निर्णय गरेको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद