बिदामा बसेका अर्थसचिव मरासिनी अर्थमन्त्रीको राजीनामापछि काममा फर्किए


खबरस्टोरी संवाददाता
२३ असार २०७९, बिहीबार
बिदामा बसेका अर्थसचिव मरासिनी अर्थमन्त्रीको राजीनामापछि काममा फर्किए
काठमाडौं । नेपाल सरकारका अर्थसचिव मधुकुमार मरासिनी आज मन्त्रालय फर्किएका छन् । 

मन्त्रालयमा विवाद आएपछि जनार्दन शर्मा अर्थमन्त्री हुँदासम्म अर्थ मन्त्रालय नआउने भन्दै बिदामा बसेका मरासिनी अर्थमन्त्री शर्माले राजीनामा दिएको भोलिपल्ट मन्त्रालय फर्किएका छन् ।

हिजो मात्रै जनार्दन शर्माले संसदमा बोल्दै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय छानवीन समिति नै बनेको छ ।