जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे शहर परिक्रमा गरेका छन् । बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ ।
बुद्धकृष्ण एम्बुलेन्स चालक संघ भक्तपुरका अध्यक्ष र कोरिया नेपाल मैत्री अस्पतालमा एम्बुलेन्स चालकका रुपका कार्यरत छन् । उनले पहिलोपल्ट २०६२ सालमा जिब्रो छेडेका थिए । त्यसपछि उनले २०६५ सम्म निरन्तर रुपमा जिब्रो छेडेका थिए । जिब्रो छेर्ने जात्राको लागि पहिला बजेटको व्यवस्था थिएन ।
पहिला जसले जिब्रो छेड्ने हो उसले इष्टमित्रलाई भोज खुलाउनपर्ने थियाे । तर, अहिले भने मध्यपुर थिमि नगरपालिकाले यसको लागि गतवर्षदेखि एक लाख रुपैयाँ दिने गरेको छ।
जिब्रो छेडाउनु अघि दुई दिन अगाडिदेखि भोकै बस्ने गर्दछन् । नखाई बस्दा जिब्राे मर्ने र स्वाद थाहा नपाउने हुँंदा नदुख्ने बताइन्छ । दुई दिन पछि जिब्रो छेड्ने दिन एक महिनादेखि भुटेको तोरीको तेलमा डुबाइ राखेको करिब एक फिट लामो सियाेले जिब्रो छेडिने गरिन्छ । जिब्रो छेड्ने दिन विशेष पहिरन र खुट्टामा तान्त्रिक घन्टी (घुङ्ग्रो) लगाउने परम्परा छ ।
जिब्रो छेड्ने व्यक्तिलाई सम्मानको रुपमा बाजागाजा बजाएर घरमा लिन जाने परम्परा छ । त्यसपछि जिब्रो छेड्नु अघि शक्ति पिठहरुको दर्शन गरिन्छ । जिब्रो छेडिसकेपछि पनि चन्द्राकार बत्ती (भ्य) बोकी बोडे नगर परिक्रमा गरी जात्रा समापन गरिन्छ ।
सयौँ वर्षदेखि चल्दै आएको जिब्रो छेड्ने जात्रा कोरोना संक्रमणका कारण २०७६ सालमा रोकिए पनि त्यसपछि फेरि जात्राले निरन्तरता पाउँदै आएको छ । जात्रा मध्यपुरथिमि बोडेका श्रेष्ठ थरीले प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ ।