Media Network

चन्द्रागिरीमा हिँउ (फोटोफिचर)


खबरस्टोरी संवाददाता

२१ माघ २०७८,शुक्रबार

काठमाडौं । हिजो विहिबारबाट देशभर धुम्मिएको मौसमका कारण आज शुक्रबार झनै चिसो बढेको छ । देशका विभिन्न ठाउँमा मौसम बदली भएको छ । देशका विभिन्न स्थानहरुमा लगातार बर्षाका कारण चिसो बढेको छ ।

सगसँगै उच्च भेगका केहि स्थानहरुमा भारी हिमपात भएको छ । यसैक्रममा काठमाडौं चन्द्रागिरी र फुल्चोकीमा हिँउ परेपछि चन्द्रागिरी घुम्न जानेको संख्या बढेको छ ।आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानहरुमा मेघ गर्जन, चटयाङ र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद