निर्वाचन आयोगले स्थानीय निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा मतदान सम्पन्न गराउन हवाइ सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ । मतदानको दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात सेवा बन्द गर्नसमेत सरकारलाई आग्रह गरेको छ ।
यस्तै, स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को दफा ७१ मा उल्लेख भए बमोजिम मात्र मादक पदार्थ निषेध तथा बिक्री वितरण गर्न दिने भएको छ ।