Media Network

चुनावसँगसँगै भुसालले छाडे विप्लव नेकपा


खबरस्टोरी संवाददाता

३० जेष्ठ २०७९,सोमबार

काठमाडौं । नेत्रविक्रम चन्द्र नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नवलपुरका जिल्ला सदस्य श्याम भुसालले चुनावसँगसँगै पार्टी परित्याग गरेका छन् । 

स्थानीय तह निर्वाचनमा देवचुली नगरपालिकाबाट मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका भुसालले आफू पार्टीमा नै नरहेको खबरस्टोरीलाई बताए । 

निर्वाचनअघि नै पार्टी सचिवलाई सम्बोधन गरी आफूले राजीनामा पत्र बुझाएको पनि उनले जानकारी दिए । राजीनामापत्रमा आफू पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने र स्वतन्त्र रहेको भुसालले उल्लेख गरेका छन् । 

स्थानीय तह निर्वाचनकै विषयलाई विप्लव नेकपा भने विभाजित भइसकेको छ । विभाजित भई धर्मेन्द्र बास्तोलाको नेतृत्वमा नेकपा –बहुमत) गठन भइसकेको छ । नेकपा विभाजित नहुँदै आफूले पार्टी छाडेको र अहिले कुनै पनि पार्टीमा नरहेको उनले बताए । 

यस्ताे छ, भुसालकाे राजीनामापत्रः 



Share:
Reaction :
ताजा समाचार
खेलकुद