Media Network

चिनियाँ कम्पनीले पायो सिद्धबाबा सुरुङ निर्माणको जिम्मा


खबरस्टोरी संवाददाता

१ फाल्गुन २०७८,आईतवार

काठमाडौं। अन्तत् सिद्धबाबा सुरुङमार्ग निर्माण ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले पाएको छ। सडक विभागका अनुसार बुटवल–नारायणगढ सडक विस्तारको काम समेत गरिरहेको उक्क्त चिनियाँ ठेकेदार कम्पनीले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा कबोलसहित निर्माणको जिम्मा लिएको हो । 

विभागका अनुसार छनौटमा परेका चारवटै चिनियाँ कम्पनीहरु मध्येमा सबैभन्दा कम रकम कबोल गर्ने चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीलाई सो सडकखण्ड निर्माणको ठेक्का दिइएको हो ।गत जेठ ९ गते ग्लोबल टेन्डर आह्वान भएको सिद्धार्थ राजमार्गको पहिरोग्रस्त सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणको लागि आह्वान गरिएको थियो । 

नारायणगढ बुटवल सडक र काठमाडौं–तराई मधेस द्रुतमार्गमा बन्ने सुरुङमार्गको पहिलो प्याकेजको कामको जिम्मा पनि सोही कम्पनीले पाएको छ।सुरूङको डिजाइन पनि कम्पनीले नै तयार गर्नेगरि प्रक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा सो निर्माण कार्य सम्पन्न गरिने छ । सुरुङमार्ग १.१२६ किलोमिटर लामो हुनेछ, भने करिब पाँच वर्षमा यो सुरूङमार्ग निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउने लक्ष्य सडक विभागको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको करिब ४ किलोमिटर क्षेत्र पहिरोको अति जोखिम क्षेत्रका रुपमा चिनिन्छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद