चिनियाँ विदेश विभाग प्रमुख लिउ जियान्चाओले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका हुन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा आज उनीहरूबीच भेटवार्ता भएको हो ।
भेटमा दुईपक्षीय आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । विदेश विभाग प्रमुख लिउ चारदिने नेपाल भ्रमणका लागि आज काठमाडौं आइपुगेका हुन् । उनले आजै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि भेट्ने कार्यक्रम रहेको छ ।