Media Network

चेपाङको चेतना, कोभिडविरुद्वको खोप लगाउन मान्दैनन्


खबरस्टोरी संवाददाता

२९ पुष २०७८,बिहीबार

चितवन । पछिल्लो समयमा देशमा कोरोनाको तेस्रो लहर सुरु भएको छ । दैनिकरुपमा कोरोना संक्रमित हुनेको संख्या क्रमिक रुपमा बढ्दै गएको छ ।सरकारले अवस्थालाई मध्यनजर गर्दै तत्काल खोप कार्यलाई व्यापक गराएको छ ।

खोपको अप्रयाप्तताका कारण कैयौ नागरिकहरु खोप लगाउनबाट बन्चित बनेको खबरहरु हामी सुन्ने गरेका त छौ तर अल्पसङ्ख्यक समुदायका रुपमा रहेको चेपाङ समुदाय जहाँ सरकारले विशेष चासोको रुपमा लिएर खोप कार्यक्रम सुरु तापनि उनीहरु भने खोप लगाउन मानिरहेका छैनन् । चितवनमा बसोबास गरेका बसोबास गर्ने चेपाङ समुदायले खासै कोभिड खोपमा चासो नदिने गरेका छन् ।

जिल्लाका सात पालिकामध्ये ६ पालिकामा चेपाङ्ग समुदायको बसोबास छ । जिल्लाको इच्छाकामना गाउँपालिका तथा कालिका, राप्ती, खैरहनी, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा चेपाङको बसोबास रहेको छ । यी पालिकामा विसं २०६८ सालको जनगणनाअनुसार २८ हजार ९८९ चेपाङको बसोबास रहेको छ । त्यसमध्ये अहिलेसम्म छ हजार ३२७ अर्थात २१ दशमलव ८२ प्रतिशत चेपाङले कोरोनाविरुद्धको खोप लगाएका छन् । जिल्लामा रहेका सात पालिकामध्ये राप्तीमा दुई हजार ७०० चेपाङले खोप लगाएका छन् ।

राप्ती नगरपालिकाका अनुसार वडा नम्बर १०, ११, १२ र १३ मा चेपाङ समुदायको बाहुल्यता छ । ती वडामा ९० प्रतिशत चेपाङ समुदायको बसोबास रहेको र ती वडामा १८ वर्षमाथिका मात्र आठ हजारले खोप लगाउनुपर्ने हो । चेपाङ समुहदायमा सानो उमेरमा नै विवाह गर्ने परिपाटिका कारण खोप लगाउनेको सङ्ख्या कम भएको हुनसक्ने नगरपालिकाको आकँलन् छ 

त्यस्तै जिल्लाको कालिका नगरपालिकामा तीन हजार ८९ चेपाङ समुदायले खोप लगाएका छन् ।यस पालिकाको वडा नम्बर ९, १० र ११ मा चेपाङ समुदायको बसोबास छ । 

यस्तै इच्छाकामना गाउँपालिकाको सबैजसो वडामा चेपाङ समुदायको बसोबास रहेको छ । विशेष गरी वडा नम्बर १, २ र ६ मा चेपाङ समुदायको बसोबास छ । ती बसोबास रहेको क्षेत्रबाट दुई हजार ३५० ले कोरोनाको खोप लगाएका छन् ।

यस पालिकामा १८ हजारभन्दा बढीले खोप लगाइसकेका छन् ।पालिकाका अनुसार चेपाङ समुदायको बस्ती विकटमा हुने र त्यस क्षेत्रबाट खोप केन्द्रसम्म आउनसमेत नखोज्ने गरेका कारण सङ्ख्या कम भएको हो । यस्तै खैरहनी नगरपालिकामा ३५० ले कोरोनाविरुद्धको खोप लगाएका छन् । यस पालिकामा खासै नगन्य सङ्ख्यामा मात्रै यस समुदायका बासिन्दाको बसोबास रहेको छ । ।

भरतपुर महानगरपालिकाको वडा नम्बर २९ मा बसोबास गर्ने ती समुदायका व्यक्तिमध्ये १७४ ले कोरोनाविरुद्धको खोप लगाएका छन् । सो वडामा रहेका रातोमाटे, चिप्लेटी र किपट क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदाय खोपमा सहभागी हुन नसकेको महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । माडी नगरपालिका वडा नम्बर ८ र ९ मा चेपाङ समुदायको बसोबास रहेको छ ।नगरपालिकाका अनुसार माडीमा १३० चेपाङ समुदायका व्यक्तिले खोप लगाएका छन् । छरिएर रहेको यस समुदायमा सूचनाको अभाव वा बेवास्ता गरेका कारण खोप लगाउन आउनेको सङ्ख्या कम बताइएको छ ।

विसं २०६८ को जनगणनाअनुसार नेपालमा ६८ हजार ३९९ चेपाङको बसोबास रहेको छ । विशेष गरी चितवन, मकवानपुर, धादिङ, गोरखा, लमजुङ, तनहुँलगायत जिल्लामा चेपाङ बसोबास गर्दै आएका छन् ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद