Media Network

चितवनमा सत्ता गठबन्धनको निर्णय ः सबै स्थानीय तहमा तालमेल गर्ने


खबरस्टोरी संवाददाता

२१ चैत्र २०७८,सोमबार

चितवन । चितवनका सबै स्थानीय तहमा सत्ता गठबन्धनका पाँच दलहरुबीच तालमेल गरेर जाने सहमती भएको छ ।

सोमबार बिहान बसेको गठबन्धनको बैठकले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राजमोबीच स्थानीय तह र जिल्ला समन्वय समितिमा तालमेल गर्ने निर्णय गरेको हो ।

कांग्रेस चितवनका सभापति खनालको अध्यक्षतामा बसेको बैठकको निर्णयअनुसार चितवनका सातवटै पालिकाहरुमा तालमेलका सन्दर्भमा संयुक्त संयन्त्र निर्माण गरिने छ ।सहमति पत्रमा कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा माओवादी केन्द्रका संयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजवादीका इञ्चार्ज कृष्ण प्रसाद खनाल, जसपा अध्यक्ष प्रेम भुजेल र राजमो अध्यक्ष डम्बर पुरीले हस्ताक्षर गरेका छन् ।

यस्तो छ सहमतीको पत्र



Share:
Reaction :
ताजा समाचार
खेलकुद