Media Network

चितवनमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु


खबरस्टोरी संवाददाता

१८ जेष्ठ २०७९,बुधबार

चितवन। चितवनको ईच्छाकामाना गाउँपालिका–४ पृथ्वी राजमार्गको धारापानीमा आज बिहान सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा करिब ३५  वर्षीय पुरूष रहेका छन् ।  मृतकको नाम थर ठेगाना भने खुल्न सकेको छैन् ।  

नम्वर नखुलेको सवारी साधनले आज बिहान करिब ४ बजे उनलाई ठक्कर दिएको थियो । दुर्घटना गराई फरार रहेका सवारी साधन सहित चालकको खोजिकार्य भईरहेको ईलाका प्रहरी कार्यालय मुग्लीनले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद