Media Network

डाइभर्सन बगायो, नवलपुर खण्ड अवरुद्ध


खबरस्टोरी संवाददाता

१४ असार २०७९,मंगलवार

कावासोती । पूर्वपश्चिम राजमार्गको दाउन्ने गैंडाकोट खण्ड अन्तर्गत पूर्वी नवलपरासीको अरुणखोलामा बाढीले डाइभर्सन बगाएको छ । 

पूर्वी नवलपरासीको अरुणखोला–दुम्कीबासको बीच जंगलमा सडक बगाउँदा राजमार्गको यातायात अवरुद्ध भएको छ । सोमबार रातिको बाढीले डाइभर्सन सडक बगाएका कारण अरुणखोलामा राजमार्ग अहिले बिहानबाट अबरुद्ध भएको हो ।

बुटवल–नारायणगढ खण्डको १ सय १४ किलोमिटर क्षेत्रमा सडक विस्तारको क्रममा करिब २ सय डाइभर्सन बनाइएको छ । सानो बाढीले पनि डाइभर्सन बगाउने गर्दा यात्रुले सास्ती भोग्नु परिरहेको छ । 

सडक फराकिलो पार्ने जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले काम थालेको ३ वर्षको अवधिमा ७० प्रतिशत बढी काम भइसक्नुपर्नेमा अहिलेसम्म १७ प्रतिशत मात्र काम सम्पन्न गरेको छ । 

यो सडक खण्ड आगामी साउन २२ गते सडक निर्माणको काम सकेर नेपाल सरकारलाई हस्तान्तरण गर्नपर्ने सम्झौतामा उल्लेख थियो । 


तस्विरः लालकुमार भट्टराई


Share:
Reaction :
ताजा समाचार
खेलकुद