Media Network

डोल्पामा एकीकृत समाजवादीले खाता खोल्यो, दुई पालिकामा निर्विरोध


खबरस्टोरी संवाददाता

१२ बैशाख २०७९,सोमबार

काठमाडौं । स्थानीय तह निर्वाचत २०७९ का लागि डोल्पाका दुई गाउँपालिकामा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । 

डोल्पाको काइके गाउँपालिका र छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षमा एक एक जनाको उम्मेदवारी परेको छ । सोमवार दुवै पालिकामा २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित अध्यक्षहरुको मात्रै उम्मेदवारी परेको छ । अहिले उनीहरु दुवै एकीकृत समाजवादीबाट उम्मेदवारी दर्ता गराएका छन् ।  

काइके गाउँपालिकाको अध्यक्षका लागि अंगदकुमार राना, छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षका लागि सेनाङ गुरुङले उम्मेदवार मनोनयन दर्ता गराएका हुन् । 

यस्तै, डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाको उपाध्यक्ष पनि निर्विरोध भएको छ । उपाध्यक्षमा पेमा वाङ्जु गुरूङको मात्रै उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने निर्विरोध घोषणा गर्न बाँकी नै छ । कार्यालयले अन्तिम नामावली प्रकाशित भएपछि मात्रै निर्विरोध घोषणा गर्नेछ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद