उक्त दुर्घटनमा एक बालक बेपत्ता भएका छन् । अछामको चौरपाटी गाउँपालिका–६ का सुरेन्द्र शाहीका १८ महिने छोरा बेपत्ता भएका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
कैलालीबाट अछामका लागि छुटेको ना ५ख ९६६३ नंको रात्रिबस आज बिहान ५ बजे शिखर नगरपालिका–१ गेरुपानी सडकखण्डमा दुर्घटनामा परेको थियो । अन्य घाइतेकोे पिपल्लास्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ ।
तीव्रगतिमा रहेका बसका चालक निदाएपछि दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । बस सडकबाट २० मिटर तल सेती नदीको किनारमा खसेको छ । बस चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।