Media Network

एआईजी बढुवाविरुद्धको रिटमा सर्वोच्चद्धारा अन्तरिम आदेश दिन अस्वीकार


खबरस्टोरी संवाददाता

२३ चैत्र २०७८,बुधबार

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि भएको बढुवा सिफारिसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।अदालतले प्रतिवादीहरूलाई कारण देखाउ आदेशसहित अन्तरिम आदेशका लागि छलफल गर्न दुवै पक्षलाई चैत २८ गते छलफलका लागि बोलाएको छ ।

डीआईजीहरू ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजङ कार्कीले दर्ता गरेको रिटमा मंगलबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालले अन्तरिम आदेश दिन अस्वीकार गरेका हुन् ।वरिष्ठता मिचेर बढुवा गरिएको भन्दै असन्तुष्ट डीआईजीहरू सर्वोच्च अदालत पुगेका हुन् । बढुवा सिफारिसमा परेका डीआईजीहरुले फुली लगाईसकेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद