अध्यक्षबाहेक अन्य पदमा भने निर्वाचन हुने भएको छ । सचिव, उपाध्यक्ष, सहसचिवलगायत पदमा भने एकभन्दा बढी व्यक्तिको उम्मेदवारी परेको छ ।
एमाले जिल्ला कमिटी सचिवका लागि नयन बोहरा, लोकेन्द्र हिलारी, लोकेन्द्र बहादुर सिंह (एलबी) र आनन्दलाल विक गरी चार जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा मोहनराज जोशी र विरेन्द्रबहादुर खड्का गरी दुई जनाको उम्मेदवारी परेको छ ।
यस्तै, उपसचिवमा भागरथिदेवी सिंह, लालबहादुर विष्ट, जुना जाग्री, घुरनबहादुर बोहरा र भुवनेश्वर उपाध्याय गरी पाँच जनाको उम्मेदवारी परेको छ । खुला सदस्य १४ जनाका लागि ३४ जनाको उम्मेदवारी परेको छ । आठ जना खुला महिला सदस्यका लागि १० जनाको उम्मेदवारी परेको नेकपा एमाले जिल्ला निर्वाचन समितिका निर्वाचन अधिकृत दिनेश धामीले बताए ।