एमाले नेता कार्कीको घरमा शङ्कास्पद वस्तु फेला


खबरस्टोरी संवाददाता
१० असार २०७९, शुक्रबार
एमाले नेता कार्कीको घरमा शङ्कास्पद वस्तु फेला
काठमाडौ । नेकपा (एमाले) झापाका अध्यक्ष दीपक कार्कीको गौरादह नगरपालिका–३ स्थित घरको प्रवेशद्वारमा शङ्कास्पद वस्तु फेला परेको छ ।

अध्यक्ष कार्कीले आज बिहान ५ः३० बजेतिर प्रवेशद्वारको अगाडि तारले जडित प्रेसर कुकर देखेपछि प्रहरीलाई खबर गरेका थिए ।शङ्कास्पद वस्तु डिस्पोज गर्नका लागि चारआलीस्थित नेपाली सेनाको टोलीलाई बोलाइएको थियो ।शङ्कास्पद वस्तु कसले राखेको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।