Media Network

एमालेका कैलाली अध्यक्षलाई कारबाही


खबरस्टोरी संवाददाता

१४ असार २०७९,मंगलवार

काठमाडौं । नेकपा एमालेले पार्टीका कैलाली जिल्ला अध्यक्ष रतन थापालाई कारबाही गरेको छ । पार्टीको विधान विपरित काम गरेको भन्दै नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले उनलाई अध्यक्ष पदबाट निस्कासन गरेको हो ।  

निर्वाचनका बेला आफ्नै उम्मेदवारलाई हराउन लागेको, जिल्ला अध्यक्षमा जितिसकेपछि दैनिकरुपमा पार्टी कार्यालय सञ्चालन नगरेको, पार्टी कार्यालयलाई विरोधीको अखडा बनाएको लगायतका आरोप लगाउँदै प्रदेश कमिटीले थापासँग २३ बुँदे स्पष्टीकरण सोधेको थियो ।

प्रदेशसभा सदस्यसमेत रहेका थापालाई पार्टी जिम्मेवारीबाट हटाइए पनि प्रदेशसभा सदस्यबाट भने हटाइएको छैन । 

पार्टीका प्रदेश अध्यक्ष दामोदर भण्डारीले असार १३ गते विज्ञप्ति जारी गरी थापाले गम्भीर प्रकृतिको अनुशासन उलंघन गरेको भन्दै पार्टी कारबाही गरिएको जानकारी दिएका थिए । थापालाई अध्यक्षबाट हटाएर प्रदेश कमिटीले उपाध्यक्ष दुर्गाप्रसाद जोशीलाई कार्यबाहक जिल्ला अध्यक्ष तोकेको छ ।

साथै प्रदेश कमिटीले साउनको १५ गतेभित्र जिल्ला प्रतिनिधि परिषद्को बैठक बोलाएर नयाँ अध्यक्ष निर्वाचन गराउन पनि जिल्ला कमिटीलाई निर्देशन दिएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद