एमालेले काठमाडौंको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोललाई उठाउने


खबरस्टोरी संवाददाता
११ बैशाख २०७९, आईतवार
एमालेले काठमाडौंको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोललाई उठाउने
काठमाडौ । नेकपा एमालेले काठमाडौं महानगरपालिकामा केशव स्थापितलाई मेयर पदको उम्मेदवारमा उठाउने भएको छ ।

पार्टी अध्यक्ष केपी ओली निवास बालकोटमा शनिबार बसेको सचिवालय बैठकले २०५४ सालमा मेयर जितेका स्थापितलाई यसपालि पनि उम्मेदवार बनाउने निर्णय गरेको हो ।स्थापित अहिले बागमती प्रदेश सांसद छन्। उनी बागमती प्रदेशका पूर्व भौतिक मन्त्रीसमेत हुन्।

त्यस्तै, एमालेले महानगरको मेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी दिने घोषणा गरेकीसुनिता डंगोललाई उपमेयरमा उम्मेदवार बनाउने निर्णय गरेको छ। उनी पूर्व मिस नेवा हुन्।