Media Network

एमसीसी विरुद्धको आन्दोलन भड्किएपछि सुर्खेतको बीरेन्द्रनगरमा कर्फ्यू


खबरस्टोरी संवाददाता

१७ फाल्गुन २०७८,मंगलवार

सुर्खेत । संसदबाट एमसिसी पारित भएको विरोधमा भएको आन्दोलनले उग्र रूप लिएपछि सुर्खेतको वीरेन्द्रनगर बजारमा कफ्र्यू लगाइएको छ । 

जिल्ला प्रशासन कार्यालय सुर्खेतले आज बेलुका ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सोमबार बेलुका सवा ८ देखि मंगलबार बेलुका ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेका हुन् ।

प्रदर्शन बढेपछि र पार्टी कार्यालयहरूमै आगजनी हुन थालेपछि कर्फ्यू आदेश जारी गर्नुपरेको प्रजिअ रिजालले बताए । 

उत्तरमा कपासे, दक्षिणमा काभ्रेबिहार, पूर्वमा सुब्बा कुना र पश्चिममा बाङ्गेसिमल क्षेत्र तोकेर कर्फ्यू आदेश जारी गरिएको छ ।  

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), मोहन विक्रम सिंहको मसाल, ऋषि कट्टेलको नेकपा, आहुतिको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजीत बुढाको माके (समाजवादी) बीचको गठबन्धनले सोमबार नेपाल बन्दको आह्वान गरेका थिए । 

बन्द सकिएपछि केही समूहले पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेको रिजालले बताए । आज पनि विहानैदेखि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद