Media Network

एसपीपी सम्झौता दाबी गरिएको दस्तावेजमा सत्यता छैनः अमेरिकी दूतावास


खबरस्टोरी संवाददाता

१ असार २०७९,बुधबार

काठमाडौ । नेपालस्थित संयुक्त राज्य अमेरिकी दूतावासले नेपाल र अमेरिकाबिच सैन्य सम्झौता भएको दाबी गर्ने केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित दस्ताबेज असत्य भएको दाबी गरेको छ ।

उसले अमेरिकाको नीतिअनुसार कुनै पनि देशलाई स्टेट पार्टनरशिप प्रोग्राममा सामेल हुन नभन्ने तर कुनै देशबाट त्यसका लागि माग आएको खण्डमा भने त्यस्को सम्बोधन गर्ने जनाएको छ । 

सोमबार केही संचारमाध्यमहरुले एसपीपीका लागि नेपाल र अमेरिकाबीच हुने लागेको सम्झौताको दस्तावेज सहितका समाचार सम्प्रेषण गरेपछि दूतावासले मंगलबार प्रतिक्रिया जनाएको हो । 

’स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी)  अमेरिकी राज्यको नेशनल गार्ड तथा साझेदार विदेशी मुलुकबिचको एक आदानप्रदान कार्यक्रम हो। अमेरिकी नेशनल गार्डले स्वदेशमा भूकम्प, बाढी र वन डढेलो जस्ता प्राकृतिक विपद्विरुद्ध जुध्नका लागि अमेरिकाका प्रथम उद्धारकर्ताहरूलाई सहयोग गर्दछ,’ दूतावासले भनेको छ । 

उसले २५ वर्षभन्दा लामो समयदेखि कायम रहँदै आएको एसपीपीमा ९० भन्दा बढी देशसँग ८० भन्दा बढी साझेदारीहरू समावेश रहेको जनाएको छ ।  तीमध्ये अधिकांश देशहरू यस क्षेत्रमा छैनन्।


 




 


Share:
Reaction :
ताजा समाचार
खेलकुद