Media Network

एउटा यस्तो पास्नी, जसले भावुक बनायो


खबरस्टोरी संवाददाता

१९ असार २०७९,आईतवार

भक्तपुर । अन्नप्राशन अर्थात पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा धेरै पहिलेदेखि चल्दै आएको छ । यद्यपि कतिपय संस्कारहरुलाई अहिले आएर आधुनिकतामा ढालिएको छ र कतै कतै यसलाई कमर्सियल बनाउने पनि गरिएको पाइन्छ । 

तर शनिवार भक्तपुरको चाँगुनारायण्मा गरिएको एउटा अन्नप्राशन भने निकै भावनात्मक र नौलो प्रकारको थियो । 

चाँगुनारायण ४ मा अवस्थित तुलसालय आश्रममा छ महिनाकी स्तुतीको पास्नीमा उपस्थित सबै आतिथिहरुले उनको अवस्थाकाबारेमा बताइरहँदा निकै भावुक भएका थिए । 

स्तुती उनकी आमाकी सातौं छोरी हुन्, तर गत पुसमा उनलाई जन्म दिएको पाँच मिनेटमा नै आमा गौरा छन्त्यालको निधन भएको थियो । 

बुवा अशक्त, आमाको निधन । स्तुतिका दिदीहरु सबै १३ वर्ष मुनिका । यसरी असहाय बनेकी २० दिनकी स्तुतीलाई तुलसालय हरिहर फाउण्डेशनले उद्धार गरी लालनपालन गरी आएको छ । शनिवार तिनै स्तुतिको शुभ अन्नप्राशन नेपालको पहिलो महिला न्यायाधीस सुशीला कार्कीको हातबाट भयो । स्तुतिलाई सगुन खुवाएपछि पूर्वप्रधानन्याधीस कार्की निकै भावुक भइन् । (रासस)


Share:
Reaction :
ताजा समाचार
खेलकुद