Media Network

फोहोर फाल्न पुन: अवरोध, सिसडोलबासीद्वारा साेमबार भएकाे सम्झाैता अस्वीकार


खबरस्टोरी संवाददाता

२४ जेष्ठ २०७९,मंगलवार

काठमाडौँ।  नुवाकोटस्थित सिसडोलका स्थानीयले पुनः काठमाडौंबाट डम्पिङका लागि गएका फोहोर बोकेका गाडी रोकेका छन् । दश दिनदेखि काठमाडौं उपत्यकाका चोक चोकमा थुप्रिएको फोहोर  बोकेर बिहान बन्चरेडाँडा पुगेका सवारीसाधनलाई स्थानीयले अवरोध गरेका हुन् । 

त्यस्तै साेमबार भएकाे सम्झाैता पनि  स्थानीयहरूले अस्वीकार गरेका छन् ।   उनीहरुले उक्त सहमति नमान्ने भन्दै फोहोर बिसर्जन गर्न नदिएको र आफूहरु फर्किएको महानगरका एक कर्मचारीले जनाकारी दिए। 

सोमबार मात्र शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिबीच काठमाडौंको फोहोर विसर्जन गर्ने सहमति भएको थियो । सोही अनुसार आज फोहोरका गाडी बन्चरेडाँडातर्फ पुगेका थिए।

सहमतिअनुसार सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षमा प्रभावित क्षेत्रका पाँच वटा सडक निर्माणका लागि ४२ करोड ५० लाख, नदी नियन्त्रण,सामुदायिक भवन मन्दिर निर्माण र वृक्षरोपण कार्यक्रमका लागि एक करोड ७० लाख विनियोजन गर्नेछ।

गत १४ जेठबाट काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र अन्य नगरपालिकाहरुको फोहोर उठ्न सकेको छैन। 

Share:
Reaction :
ताजा समाचार
खेलकुद