Media Network

फुङ्लिङ आगलागीमा परि वृद्धाको मृत्यु


खबरस्टोरी संवाददाता

२७ फाल्गुन २०७८,शुक्रबार

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–४ मा आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ । कोप्चेको पुरानो गोसलाइनमा भएको आगलागीमा ६७ वर्षीया चुलीमाया लिम्बूको मृत्यु भएको फुङ्लिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले जानकारी दिए ।

सुरक्षा फौज र फुङ्लिङ नगरपालिकाको दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको छ । आगलागी हुनुको कारण खुल्न सकेको छैन ।

स्थानीय रबिन लिम्बुको घरबाट सुरु भएको आगोले छिमेकी संगिता मादेनको घर पूर्णरुपमा क्षति भएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद