Media Network

फास्ट ट्र्याक २०८१ सम्म सम्पन्न हुन्छ : नेपाली सेना


खबरस्टोरी संवाददाता

१० फाल्गुन २०७८,मंगलवार

काठमाण्डौँ । नेपाली सेनाले तराई–मधेश द्रुत मार्ग (फास्ट ट्र्याक) २०८१ को पुस महिनासम्‍ममा निर्माण सकिने दावी गरेको छ ।

मंगलबार जंगी अड्डामा आयोजित पत्रकार सम्‍मेलनमा आयोजनाका निर्देशक प्रविधिक सहायक रथी विकास पोखरेलले तोकिएकै समयमा निर्माण सम्पन्न गर्न आफूहरु प्रतिवद्ध रहेको बताए ।  ‘आर्थिक वर्षको अन्तिमसम्‍ममा आयोजनामा २१ प्रतिशत प्रगति हासिल हुनेछ आयोजनाको सबैभन्दा कठिन सुरुङ मार्ग खन्न अब सुरू हुनेछ । त्यसका लागि डिजाइनको निर्माण सकिएको,’ उनले भने ।

यस्तै फास्ट ट्र्याकको प्रवेश विन्दु खोकनाको ११ किलोमिटर विवाद समाधान भएपछि मात्रै कार्य अगाडी बढाउने र यस विवादको बारेमा माथिल्लो तहबाट नै पहल भैरहेको पोखरेलले बताए ।  बजेको सुनिश्चित र अन्य कुनै समस्याहरू नआए निर्माणकार्य तोकिएकै समयमा सम्पन्नहुने उनले बताए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद