गभर्नर अधिकारीविरुद्ध सेयर लगानीकर्ता सडकमा


खबरस्टोरी संवाददाता
३० असार २०७९, बिहीबार
गभर्नर अधिकारीविरुद्ध सेयर लगानीकर्ता सडकमा
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै सेयर बजारका लगानीकर्ताले प्रदर्शन गरेका छन् ।

बुधबार काठमाडौंको माइतीघरमा विभिन्न माग राखेर उनीहरूले ’सेयर बजार सुधार संघर्ष समिति’को नामबाट प्रदर्शन गरेका हुन् ।एमालेको अर्थ तथा योजना विभागमा एम अधिकारी नामबाट उनी सदस्य रहेको दाबीसहित उनीहरूले प्रदर्शन गरेका हुन् ।