Media Network

गृहमन्त्री खाणद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण


खबरस्टोरी संवाददाता

२१ बैशाख २०७९,बुधबार

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरी अन्तर्राष्ट्रिय उडानका लागि पाइलटको तयारीबारे जानकारी लिएका छन् ।

विमानस्थल अध्यागमन कार्यालयका निमित्त प्रमुख अनुप केसी र गृहमन्त्री खाणले आज बिहान विमानस्थलको निरीक्षण गर्दै अन्तर्राष्ट्रिय उडानबारे जानकारी लिएको बताए ।  आगामी २ जेठमा बुद्ध जन्मजयन्तीको अवसर पारेर अन्तर्राष्ट्रिय उडान सुरु गर्ने जानकारी गृहमन्त्री खाणलाई दिएको केसीको भनाइ छ । 

केसीका अनुसार जजिरा एयरलाइन्सले पहिलो उडान भर्ने छ । त्यसका लागि विमानस्थल अध्यागमन कार्यालयले सहमति गरिसकेको केसीले बताए ।  निरीक्षणको क्रममा मन्त्री खाणले विमानस्थलमा अध्यागमनको तयारी, आगमन र प्रस्थानको तयारीबारे पनि केसीसँग जानकारी लिएका थिए । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद