Media Network

गृहमन्त्रीद्वारा पशुपतिनाथमा पूजा आराधना


खबरस्टोरी संवाददाता

१७ फाल्गुन २०७८,मंगलवार

काठमाडौँ। महाशिवरात्रिका अवसरमा गृहमन्त्री बालकृष्ण खाँडले पशुपतिनाथ मन्दिर गई पुजा आराधना एवं दर्शन गरेका छन् ।

 पूजा आराधना एवं दर्शनका लागि गृहमन्त्री खाँड बिहान पशुपतिनाथ गएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पूजा आराधनापछि उनले पशुपति क्षेत्रको सुरक्षा अवस्थाका बारेमा पनि जानकारी लिएका थिए । महाशिवरात्रिका अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।

 बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरमा भक्तजन आएका थिए । तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गरिएको थियो । आज रातिसम्म दर्शन गर्न चाहने भक्तजनका लागि पशुपतिनाथ मन्दिर खुला गरिने कोषले जनाएको छ । 

 महाशिवरात्रिका अवसरमा साढे १२ बजेसम्म करिब साढे तीन लाख भक्तजनले दर्शन गरिसकेका छन् । आज करिब १० लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरी पूजा आराधना एवं दर्शन गर्ने गरी व्यवस्था मिलाइएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद