Media Network

गजेन्द्र मोक्षधाम विकास समिति गठन गर्ने गण्डकी सरकारको निर्णय


खबरस्टोरी संवाददाता

२ मंसिर २०७८,बिहीबार

पोखरा । गण्डकी प्रदेश सरकारले नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा अवस्थित त्रिवेणीधामलाई धार्मिक क्षेत्रका रुपमा विकास गर्न गजेन्द्र मोक्षधाम विकास समिति गठन गर्ने भएको छ । 

प्रदेश मन्त्रिपरिषद्को पछिल्लो बैठकले नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा अवस्थित त्रिवेणी क्षेत्रको विकास गर्न त्रिवेणी गजेन्द्रमोक्ष दिव्यधाम विकास समिति गठन गर्ने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्काले बताए ।

मन्त्री खड्काकाअनुसार विकास समितिमा प्रदेश सरकारले राजनीतिक नियुक्ति दिनेछ । समितिका सचिव कार्यकारी निर्देशकको रूपमा रहने र कार्यकारी निर्देशकको नियुक्ति गण्डकी सरकारले नै गर्ने मन्त्री खड्काले बताए ।

केन्द्र सरकार पाशुपत क्षेत्रको ब्यवस्थापन तथा विकासका लागि भन्दै पशुपतिनाथ क्षेत्र विकास समिति लगायतका विभिन्न धार्मिक क्षेत्रमा विभिन्न राजनीतिक नियुक्त गर्दै आएको छ । त्यसैगरी नै गण्डकी प्रदेशको प्रशिद्ध त्रिवेणीधामको ब्यवस्थापन तथा संरक्षण गर्न विकास समिति गठन गर्न राजनीतिक नियुक्ति दिन तयारी गरेको हो । 

मन्त्रिपरिषद्को आगामी बैठकबाट उक्त समितिमा राजनीतिक नियुक्त गर्नेछ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद