Media Network

गुल्मीका १२ वटा स्थानीय तहमध्ये ५ वटामा कांग्रेस,४ वटामा माओवादी र ३ वटामा एमाले विजयी


खबरस्टोरी संवाददाता

४ जेष्ठ २०७९,बुधबार

गुल्मी । गुल्मी जिल्लाका १२ वटा स्थानीय तहको मतगणना सम्पन्न भएको छ । सम्पन्न भएको मतगणना अनुसार नेपाली कांग्रेसले ५ वटा स्थानीय तह, नेकपा माओवादी केन्द्रले ४ वटा स्थानीय तह र ३ वटा स्थानीय तहमा नेकपा एमाले विजयी भएको छ ।

चारवटा स्थानीय तहमा एमालेले उपप्रमुख जितेको छ भने २ वटा स्थानीय तहमा नेपाली कांग्रेसले उपप्रमुख जितेको हो । नेपाली कांग्रेस विजयी भएका स्थानीय तहहरुमा रेसुङ्गा नगरपालिका, गुल्मीदरवार, मदाने, ईस्मा र कालिगण्डकी गाउँपालिकामा रहेका छन् । 

माओवादी केन्द्र विजयी भएका स्थानीय तहमा चन्द्रकोट, धुर्कोट, मालिका र रुरुक्षेत्र गाउँपालिका रहेका छन् । त्यस्तै नेकपा एमाले विजयी भएका स्थानीय तहमा छत्रकोट, सत्वतीगाउँपालिका र मुसिकोट नगरपालिका रहेका छन् ।  नेपाली कांग्रेसले उपप्रमुख जितेका स्थानीय तहहरुमा चन्द्रकोट र मालिका रहेका छन् । एमालेले मदाने, धुर्कोट, कालिगण्डकी र रुरुक्षेत्र गाउँपालिकामा उपप्रमुख जितेको छ । 

जिल्लाका १२ वटा स्थानीय तह र ९३ वटै वडामा मतगणना सम्पन्न भएको हो सम्पन्न भएको मत गणना अनुसार ९३ वटा वडाहरुमध्ये नेपाली कांग्रेसले ४७ वडाअध्यक्ष जितेको छ । नेकपा एमालेले ४० वटा वडाअध्यक्ष जितेको छ । माओवादी केन्द्रले ४ वटा वडाअध्यक्ष जितेको छ । राष्ट्रिय जनमोर्चाले एउटा र स्वातन्त्र उम्मेदवारले एउटा वडाअध्यक्ष जितेको छ ।

०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेले ७ वटा स्थानीय तह, नेपाली कांग्रेसले ४ वटा स्थानीय तह र माओवादी केन्द्रले एउटा स्थानीय तहमा अध्यक्षमा निर्वाचित भएका थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद