Media Network

गोरखामा सुख्खा पहिरोले पुरिएर वृद्धको मृत्यु


खबरस्टोरी संवाददाता

२९ असार २०७९,बुधबार

काठमाडौं । गोरखामा सुख्खा पहिरोले पुरिएर एक जना वृद्धको मृत्यु भएको छ । 

मंगलबार साँझ ५ बजेतिर जंगलमा दाउरा काट्न गएका सिरानचोक–६ गौरी गाँउका ८० वर्षीय सुकबहादुर गुरुङको माथीबाट खसेको सुख्खा पहिरोमा पुरिएर ज्यान गएको प्रहरीले जानकारी दिएको छ । घटनाको सुचना पाए लगत्तै इलाका प्रहरी कार्यालय जौबारी र प्रहरी चौकी नयाँसाँगु बाट खटिएका प्रहरीले उद्धार गर्दा गुरुङ मृत अवस्थामा भेटिएको डिएसपी लीलाराज लामिछानेले जनाएका छन् । 

गुरुङको शव पोष्टमार्टमको लागी मंगलबार साझ गोरखा अस्पतालमा ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद