Media Network

गौतमबुद्ध विमानस्थलमा जजिरा विमानसँग चरा ठोकिएपछि होल्डमा


खबरस्टोरी संवाददाता

९ जेष्ठ २०७९,सोमबार

भैरहवा । लुम्बिनी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको जजिरा एयरलायन्सको विमानमा चरा ठोकिएपछि जहाज होल्डमा राखिएको छ । 

१२१ यात्रु लिएर सोमबार बिहान २ बजे भैरहवामा अवतरण गर्ने क्रममा जजीरा एयरलाइन्समा चरा ठोक्किएको थियो । 

विहान साढे २ बजे ३८ जना यात्रु लिएर फर्कनुपर्ने विमानको तालिका थियो । यद्यपि सोमवार विहान ९ बजेसम्म पनि जहाज होल्डमा नै राखिएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद