Media Network

गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेसन फ्लाइट सुरु, जेठ २ देखि व्यावसायिक उडान हुने


खबरस्टोरी संवाददाता

६ फाल्गुन २०७८,शुक्रबार

बुटवल ।रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सुरु भएको छ ।

बिहीबार क्यालिब्रेसन फ्लाइटको लागि आइपुगेको एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई) १७ सिटे सानो जहाजले शुक्रबार दिउँसोदेखि परीक्षण उडान थालेको छ । क्यालिब्रेसन फ्लाइटका लागि थाइल्याण्डदेखि नै ७ सदस्यीय प्राविधिक टोली आएको छ।विशेष उपकरण जडित एरो थाई जहाजले विमानस्थलको यान्त्रिक परीक्षण गर्नेछ। एरो थाइले फ्लाइट गरिसकेपछि टेस्ट फ्लाइट नेपाल एयरलाइन्सको ३३० जहाजले गर्नेछ। त्यसपछि मात्रै व्यावसायिक उडान सुरु हुनेछ।

विमानस्थलका अनुसार शुक्रबारदेखि सुरु भएको क्यालिब्रेसन फ्लाइट फागुन १५ गतेसम्म जारी रहनेछ। क्यालिब्रेसन फ्लाइट लगायतका सम्पूर्ण प्रक्रिया पूरा गरी आगामी जेठ २ गते बुद्ध पूर्णिमाको दिनबाट विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने गरि तयारी गरिएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा हेरिएको छ। ६ दशकदेखि आन्तरिक उडान भइरहेको विमानस्थल स्तरोन्नती भई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा सञ्चालन आउन लागेको हो। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद