Media Network

गोदाबरीमा सात वर्षीय बालक मृत फेला


खबरस्टोरी संवाददाता

२६ असार २०७९,आईतवार

कैलाली । कैलालीको गोदावरीमा एक बालकको शव फेला परेको छ । गोदावरी नगरपालिका–३ डमलमा गोदावरी नदी किनारमा सात वर्षीय बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।

सडिसकेको अवस्थामा भेटिएको बालकको शवको अनुहार नचिनिने, शरीरमा कपडा नभएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद