Media Network

ग्यास पड्किएर आगलागी हुँदा बालिकाको जलेर मृत्यु


खबरस्टोरी संवाददाता

२१ जेष्ठ २०७९,शनिबार

काठमाडौं । तनहुँको भिमाद नगरपालिका–९ च्यानडाँडा बस्ने शिव नारायण केसीको घरमा खाना पकाउने ग्याँस सिलिन्डर पड्किएर शुक्रबार साँझ आगलागी हुँदा आगोले जलेर बालिकाको मृत्यु भएको छ । केसीका ११ वर्षीया छोरी सुबेक्षाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उता, सिन्धुली, कमलामाई नगरपालिका–९ भिमान बजारस्थित सोही ठाउँ बस्ने कृष्ण कार्कीको कृष्ण ईन्टरप्राईजेज (हार्डवयर) पसलभित्र अचानक विद्युत सर्ट भई शनिबार बिहान आगलागी भएको छ । आगलागीबाट रङ, प्लाई, पाईप लगायत विभिन्न हार्डवयरका सामानहरू जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद