Media Network

७२ घण्टाका लागि झापा र इलामको नेपाल–भारत सीमा नाका सिल


खबरस्टोरी संवाददाता

११ असार २०७९,शनिबार

झापा । झापा र इलामको नेपाल–भारत सीमा नाका ७२ घण्टाका लागि सिल गरिएको छ।  

भोलि (आइतबार) दार्जिलिङमा हुने प्रशासनिक निकाय गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए) को  चुनावलाई लक्षित गरी शुक्रबार बिहानदेखि सोमबार बिहान ६ बजेसम्मका लागि दुई जिल्लाको नेपाल भारत सीमा नाका सिल गरिएको हो ।

भारतीय पक्षले गरेपछि स्थानीय प्रशासनले सीमा नाका सिल गर्ने निर्णय गरेको हो। ‘भारतको पश्चिम बङ्गालसँग सीमा जोडिएको इलामको पशुपतिनगर र झापाको काँकरभिट्टा तथा भद्रपुर नाका सिल गरिएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद