Media Network

२४ घण्टामा १२ हजार ८ संक्रमित थपिए, ८ को मृत्यु


खबरस्टोरी संवाददाता

११ माघ २०७८,मंगलवार

काठमाडौँ । नेपालमा थप १२ हजार ८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ९ हजार ४३२ र एन्टीजेन परिक्षणबाट २५७६ गरि कुल १२ हजार ८ जना संक्रमित थपिएको जानकारी दिएको हो ।त्यस्तै पछिल्लो २४ घण्टामा ३०४० जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ८९.२ रहेको मन्त्रालयले जनाएको छ ।देशभर अहिले १६५ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १८ हजार १०३ पिसिआर र ७८०६ नमुना एन्टीजेन परिक्षण गरि कुल २५ हजार ९०९ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ८८ हजार ९३४ पुगेका छन् । त्यस्तै आइसीयुमा २४५ जना छन् भने देशभर ४४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।त्यस्तै संस्थागत आइसोलेसनमा १८१७ जना छन् भने होम आइसोलेसनमा ८७ हजार ११७ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६६७ पुगेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद