Media Network

घुस बार्गेनिङ काण्डमा मुछिएका वकिललाई बार काउन्सिलले सोध्यो स्पष्टीकरण


खबरस्टोरी संवाददाता

९ असार २०७९,बिहीबार

काठमाडौ । जिल्ला अदालत काठमाडौंका न्यायाधीशसँग घुस बार्गेनिङ गर्ने अधिवक्ता रुद्र पोखरेलविरुद्ध नेपाल बार काउन्सिलले स्पष्टीकरणको लागि म्याद जारी गरेको छ। 

काउन्सिलको बुधबार बसेको बोर्ड बैठक र त्यसपछि बसेको अनुशासन समितिको बैठकले उनलाई ७ दिनभित्रमा जानकारी गराउन आग्रह गरेको छ ।बोर्ड बैठकले पोखरेललाई कारबाही गर्न महान्यायाधीवक्ता खम्मबहादुर खाती नेतृत्वको अनुशासन समितिलाई  सिफारिस गरेको थियो। समितीमा नेपाल बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ र रदिसभक्त प्रधानांग सदस्य छन्। 

पोखरेल नेपाल बार एसोसियसनका पूर्वकोषाध्यक्ष समेत हुन्।

आरोप पूष्टि भएमा काउन्सिलले नसिहत दिने, निलम्बन गर्ने अथवा प्रमाण पत्र नै रद्द गर्न सक्नेछ ।न्यायाधीश राजकुमार कोइरालालाई २ करोड रुपैयाँ घुस दिएर सहकारी ठगीका अभियुक्त इच्छाराज तामाङलाई धरौटीमा छुटाउन खोजेको आरोप पोखरेललाई लागेको छ। काउन्सिलले पनि पोखरेलले विचौलियाको भूमिका खेलेको ठहर गरेको छ। 

पोखरेलसँग बार्गेनिङ गर्ने न्यायाधीश कोइरालाविरुद्ध पनि छानबिन सुरु भएको छ। न्याय परिषद्को बुधबारको बैठकले उनलाई जिम्मेवारी मुक्त गर्दै तीन सदस्यीय छानबिन समिति बनाएको  छ। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद