मानसिक सन्तुलन गुमाएका माइला पोलमा चढेपछि विद्युत प्राधिकरणलाई हतार हतार विद्युत कटौती गर्न लगाइयो ।
विद्युतको लाइन काटिएकाले माइला तारमै झुण्डिदा पनि सुरक्षित भए । तर उनलाई तल ओराल्न प्रयास गर्दा तारैतार झुण्डिएर झनै टाढा पुगे । माइला तारैतारमा झुण्डिदै गएपछि परैसम्म पुगेपछि सामान्य तरिकाबाट उद्धार सम्भव भएन ।
नेपाली सेनाबाट उद्धार
माइला बिहान १० बजेदेखि सोही प्रसारण लाइनमा झुन्डिए पनि ६ घण्टा भन्दा बढीसमयसम्म पनि उद्धार गर्न नसकिएपछि नुवाकोटका प्रमुख जिल्ला अधिकारीले उद्धारको थप प्रपञ्च अपनाए । तर उद्धार गर्न नसकिएपछि घटना मन्त्रालयसम्म नै पुग्यो ।
घण्टौंसम्म विजुली कटौती गर्दा विद्युत प्राधिकरणले ठूलो नोक्सानी त ब्यहोर्नु पर्यो नै । ऊर्जामन्त्री पम्फा भुसालले तारमा झुण्डिएका माइलाको उद्धार गर्न नेपाली सेनालाई गुहार्नु पर्यो ।
जनप्रतिनिधि, स्थानीयबासी र माइलाका परिवारले उनलाई तल झर्न खानेकुरा देखाएर समेत फकाए । तर उनी आफै झर्न मानेनन् । माइलाले रमाइलो मान्दै घरी पोलसम्म आउने, घरी तारैतारमा समातेर हिड्ने गरेपछि उद्धार गर्न समस्या भयो ।
दिनभरी नै उद्धार गर्न नसकिएपछि बेलुका साढे ६ बजेतिर नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।