Media Network

हुम्लामा बिहानदेखि हिमपात


खबरस्टोरी संवाददाता

११ फाल्गुन २०७८,बुधबार

हुम्ला। हुम्ला जिल्लाको सदरमुकाम सिमीकोटमा आज बिहानदेखि हिमपात भएको छ । यसबाट हवाई सेवा समेत अवरुद्ध हुन पुगेको छ । नेपालगञ्ज र सुर्खेतबाट उडान हुने सम्पूर्ण हवाई सेवा बन्द भएका यहाँस्थित विमानस्थलले जनाएको छ ।  

सदरमुकाम सिमीकोटमा पुस–माघ जस्तै अत्यधिक चिसो बढेपछि जनजीवन अस्तव्यस्त भएको छ । त्यस्तै  हिमपातका कारण  सदरमुकाम सिमीकोटसम्म आवतजावतमा समस्या रहेको छ । हिमपात हुँदा कृषक भने औधी रमाएका छन् । कृषक हरिप्रसाद जैसीले भने “यसपटक जौ, गहुँ र उवाको उत्पादन राम्रो हुने भयो ।” 


Share:
Reaction :
ताजा समाचार
खेलकुद