काठमाडौं । सरकारले हङकङ, दक्ष..." /> काठमाडौं । सरकारले हङकङ, दक्ष...">
Media Network

हङकङ र दक्षिण अफ्रिकासहित विभिन्न ९ देशबाट नेपाल प्रवेशमा रोक


खबरस्टोरी संवाददाता

१६ मंसिर २०७८,बिहीबार

काठमाडौं । सरकारले हङकङ, दक्षिण अफ्रिकासहित विभिन्न ९ देशबाट नेपाल आउने नागरिकलाई प्रवेशमा रोक लगाउने भएको छ ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, इसबाटिनी, मोजाम्बिक, मलावी, लेसोथो, हङकङ र नामिबियाबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरुलाई नेपाल प्रवेशमा रोक लगाएको हो ।शुक्रबार राति १२ बजेदेखि नेपाल प्रवेशको अनुमति नदिने निर्णय भएको छ । हाल ती मुलुकबाट नेपालतर्फ आउँदै गर्दा बाटोमा रहेका यात्रुले भने अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ । ती देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएकाले नेपाल प्रवेशमा कडाइ गरिएको हो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद