Media Network

हिउँमा फसेका ३४ जनालाई राहत दिएर फर्कियो हेलिकोप्टर


खबरस्टोरी संवाददाता

२३ माघ २०७८,आईतवार

जुम्ला। तातोपानी गाउँपालिका- ८ मा हिउँमा फसेका नागरिकलाई राहत दिएर हेलिकोप्टर फर्किएको छ । गाग्रीलेकको पाटनमा जडिबुटी संकलन गर्न गएका सर्वसाधारण भारी  हिमपातमा फसेपछि कर्णाली प्रदेश सरकारले हेलिकाेप्टरमार्फत राहत वितरणकाे व्यवस्था मिलाएकाे हाे। बिहीबारदेखि परेको हिमपातका कारण जडिबुटी संकलन गर्न पाटन गएका तातोपानी-८ का ३४ जना हिउँमा फसेका हुन् ।

स्थानीयका अनुसार गाग्रीकाे लेक ऐडी ओढारमा र  खोटी सल्लामा बसिरहेका उनीहरूलाई राहत सामग्री दिएर हेलिकाेप्टर फर्किएको  हाे । हिउँ बाक्लो जमेकाले उनीहरू सहजै घर फर्कने अवस्था नभएकाले प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले बताइन । साेही कारण उनकै पहलमा कर्णाली सरकारले खाद्यन्न खसालेकाे हाे । हेलिकाेप्टरले ऐडि ओडार, गाग्री ओडार, खोटी सल्लामा बसेका नागरिकलाई  राहत दिएर फर्किएको तातोपानी-८ का सुरत बहादुर शाहीले बताए । जडिबुटी ( खिरौलो) कोर्न गएका गएका ३४ जना यहाँ फसेकाे खबर आएको उनले बताए । हेलिकाेप्टर ल्याड गर्ने अवस्था नभएपछि राहत वितरणकाे व्यवस्था मिलाइएकाे हाे ।

यस अछि ५५ जना हिउँमा फसेको खबर आए पनि प्रशासनमा ३४ जनाको लिष्ट आएको प्रमुख जिल्ला अधिकारी प्रसाईले बताइन । उनले भनिन्, 'राहत दिने स्थानमा २० जना जति देखिएको र सबै सहकुसल  रहेको अनुमान छ ।' 

Share:
Reaction :
ताजा समाचार
खेलकुद