भरतपुरबाट भोजाडतर्फ जाँदै गरेको अटोरिक्सामा सवार दुईको भोजाडमा मृत्यु भएको हो भने भरतपुरबाटै भोजाडतर्फ जाँदै गरेको अर्को अटोमा सवार एकको बर्सेनीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
भिषण हावाहुरी र पानी पर्दा नारायणी पूलमा एउटा ट्रक पल्टिएको छ। नारायणी पुलमा अबस्थित बिजुलीका प्राय पोलहरु सबै ढलेका छ्न । सिनर्जी एफ एमको टावर भाच्चिएको छ। भरतपुरका थुप्रै ठाउँमा रुख ढलेका छन् । घरमाथि रुख ढलेको खवर छ। विजुलीको पोल ढलेका छन् । कतिपय ठाउँमा अहिले विजुलीको काटिएको छ।
भरतपुर बाईपासमा डिभिजन सडक कार्यालय अगाडि रहेको वरको रुख लडेर तिन वटा फिडरको ११ के भी ए प्रसारणको तारमा पर्दा करिब ३०० मिटर तार सहितको पोल भाँचिएर बाटो र बिध्युत दुबै अबरुध्द भएको छ।