Media Network

हावाहुरीले विजुलीको पोल ढल्यो, घरको छाना उडायो


खबरस्टोरी संवाददाता

१७ बैशाख २०७९,शनिबार

कावासोती । नवलपरासीपूर्व कावासोतीमा शुक्रबार राती साँझ भिषण हावाहुरी आएको छ । वर्षासँगै एक्कासी आएको भिषण हावाहुरीले विजुलीका पोलहरु ढाल्नुका साथै घरका छानाहरुसमेत उडाएका छन् । 

हावाहुरीले कावासोती नगरपालिका १२ रुदौलीमा १० वटा विजुलीको पोल ढलेको छ । हावाहुरीका कारण रुदौलीको दुई घरको छाना पनि उडाएको छ । 


तस्विरः राज चापागाईँ


Share:
Reaction :
ताजा समाचार
खेलकुद