Media Network

हवाई इन्धनको मूल्य घटाउन सरकारसँग वायुसेवा सञ्चालकको माग


खबरस्टोरी संवाददाता

१२ असार २०७९,आईतवार

काठमाडौँ।  हवाई इन्धनको मूल्य घटाउन वायुसेवा सञ्चालकहरूले सरकारसँग माग गरेका छन्।

सरकारले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको तर हवाई इन्धनको मूल्य नघटाएकोमा ध्यानाकर्षण भएको वायुसेवा सञ्चालक संघले जनाएको छ। संघका प्रवक्ता योगराज कँडेल शर्माले आइतबार प्रेस विज्ञप्ति जारी गरी छिमेकी देशको तुलनामा महंगो भएको जनाएका छन्।

संघले भनेको छ, “अन्तर्राष्ट्रिय बजार बमोजिम आईओसीले निगमलाई रक्सौलमा उपलब्ध गराउने करमुक्त खरीद मूल्इमा सरकारको अत्यधिक राजश्व तथा निगमको अत्यधिक नाफाका कारण नेपालमा हवाई इन्धनको मूल्य छरछिमेकी मुलुकको तुलनामा निकै महङ्गो रहेको छ।”


Share:
Reaction :
ताजा समाचार
खेलकुद