Media Network

जहाज ग्राउन्डेड भएसँगै दैनिक २ करोड रकम गुमाउँदै नेपाल एयरलाइन्स


खबरस्टोरी संवाददाता

२२ पुष २०७८,बिहीबार

काठमाडौं– नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले दैनिक करिब दुई करोड रुपैयाँभन्दा बढी रकम घाटामा देखिएको छ । निगमको एयरबस ३२० जहाज कतारको दोहामा ग्राउन्डेड भएसँगै निगमले दैनिक दुई करोड रुपैयाँ आम्दानी गुमाएको हो। जहाज अवतरणपछि पार्किङमा लैजाने क्रममा बायाँ इन्जिनमा समस्या देखिएपछि गत पुस १३ गतेदेखि कतारको दोहामा जहाज ग्राउन्डेड भएको बसेको छ ।

जहाज ग्राउन्डेड भएको यतिका दिन भैसक्दा पनि निगम व्यवस्थापनले जहाजको इन्जिन मर्मतका लागि पहल नगरेको देखिएको छ । जसका कारण निगमको उडान तालिका नै अस्तव्यस्त बन्न पुगेको छ ।

निगमको एयरबस ३२० जहाजले दैनिक काठमाडौं–कतार (दोहा)–काडमाडौं र काठमाडौं–दुबई–काठमाडौं गरी चार वटा उडान तथा अवतरण गर्ने गरेको थियो ।

झण्डै एक सिटको मूल्य ३५ हजार रुपैया पर्ने जहाजको सिट क्षमता १५६ का दरले ६ सय २४ सिट हुन आउँछ, जसबाट निगमले २ करोड १८ लाख रुपैयाँ घाटा बेहोर्नुपर्ने हुन्छ । एक त दिनानुदिन निगमको बिग्रदो छवी त्यसमा पनि फितलो र आन्तरिक विवादमा मुछिएको निगममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले निगमकै पूर्वकर्मचारी युवराज अधिकारीलाई नियुक्ति गरेसँगै ७ सदस्यीय निगमको सञ्चालक समितीमा विवाद देखिएकोे छ। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद