जाजरकोटमा जिप दुर्घटनामा दुईको मृत्यु,घाइतेको उद्धार जारी


खबरस्टोरी संवाददाता
२७ जेष्ठ २०७९, शुक्रबार
जाजरकोटमा जिप दुर्घटनामा दुईको मृत्यु,घाइतेको उद्धार जारी
काठमाडौँ । जाजरकोटको जुनीचाँदे गाउँपालिका–५ मा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यू भएको छ, भने घाईतेहरुको उद्धार कार्य जारी रहेको छ । 

सुर्खेतबाट जाजरकोट जाँदै गरेको क ०२–००१ च ०३४१ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको र अन्य पाँच जना गम्भीर घाइते भएका छन् ।

गृहमन्त्री बालकृष्ण खाँडले गम्भीर घाइते भएकाको हेलिकोप्टरबाट उद्धार गरी उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । 

गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति शुरक्षा तथा अपराध नियन्त्रण महाशाखा प्रमुख सहसचिव फणीन्द्रमणि पोखरेल र जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीलाई घाइतेको उद्धार र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।