सोमबार नियमित पत्रकार सम्मेलनको क्रममा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिलेसम्म उक्त संख्यामा मतपत्र छपाइको काम सकिएको बताएका हुन् । उनका अनुसार उक्त जिल्लाको लागि समग्रमा १ करोड ९४ लाख थान मतपत्र आवश्यक पर्छ ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहिता उलंघन भएको भन्ने समाचार र सूचनाको आधारमा आयोगले विभिन्न राजनीतिक दल र सम्बन्धित नेतासँग चित्तबुझ्दो जवाफ पेश गर्न पत्राचार गरेको छ । पौडेलका अनुसार अहिले जवाफ आउने क्रम जारी छ ।
त्यस्तै आगामी निर्वाचनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयले प्रयोग गर्ने साईन बोर्ड, लेटर प्याड र छापमा एकरुपता कायम गर्न आयोगले ७७ वटै जिल्ला मुख्य निर्वाचन अधिकृतका कार्यालय र ६७६ वटै निर्वाचन अधिकृतको कार्यालयलाई प्रयोग गर्नुपर्ने साईन बोर्ड, लेटरप्याड र छापको नमूना प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमार्फत पठाउन पत्राचार गरेको छ ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन सम्बन्धि सम्पूर्ण गतिविधि र सूचनाको सहज रुपमा जानकारी दिन गत बैशाख १ गतेदेखि हरेक दिन स्थानीय तह निर्वाचन ई बुलेटिन प्रकाशन गरिरहेको छ ।